विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा भारतका खेलाडी परेनन्, कप्तानमा बाबर आजम

काठमाडौं, २९ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी-२० विश्वकप २०२१ को ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ ।

टिममा कप्तानको जिम्मेवारी पाकिस्तानका बाबर आजमलाई दिइएको छ ।

टेस्ट टिमहरू भारत, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र आयरल्यान्डका कुनै खेलाडी टिममा समावेश छैनन्। टिममा सर्वाधिक धेरै खेलाडी च्याम्पियन टिम अष्ट्रेलियाका रहेका छन्।

टिम : डेभिड वार्नर (अस्ट्रेलिया), जोस बटलर (इंग्ल्यान्ड- विकेटकिपर), बाबर अजाम (पाकिस्तान- कप्तान), चारिथ असलंका (श्रीलंका), एडेन मर्क्रम (दक्षिण अफ्रिका), मोइन अली (इंग्ल्यान्ड), वानिन्दु हर्षरंगा (श्रीलंका), एडम जाम्पा (अस्ट्रेलिया), जोस हजलउड (अस्ट्रेलिया), ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड) र एनरिच नोर्किया (दक्षिण अफ्रिका) रहेका छन्।

आइतबार राति भएको फाइनलमा न्यूजिल्यान्डलाई ८ विकेटले हराएर अस्ट्रेलियाले पहिलोपटक विश्वकपको उपाधि जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here