स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक

काठमाडौं, ३० कात्तिक । वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन। स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकले विभिन्न खातामा मंसिर १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेका हुन ।

राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा न्यूनतम ४.११ प्रतिशतदेखि अधिकतम ६.५५ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ८.११ प्रतिशत देखि अधिकतम १०.११ प्रतिशतसम्म तोकिएको छ । अघिल्लो महिना बैंकको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.५५ प्रतिशतसम्म मात्र थियो । यो महिना बैंकले करिब ०.५६ प्रतिशतले निक्षेपमा ब्याजदर बढाएको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजको आधारदरमा अधिकतम ४ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । प्रथम त्रैमाससम्ममा बैंकको ब्याजको आधारदर ५.५१ प्रतिशत कायम गरेको छ ।

त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ९ प्रतिशत देखि अधिकतम ११.५१ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।

त्यस्तै एभरेष्ट बैंककले बचत खातामा न्युनतम ५.०५ देखि ५.०९ प्रतिशतसम्म रहेको छ । त्यस्तै, साधारण व्यक्तिगत मुद्दती खातामा ९ प्रतिशतदेखि १०.०५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । त्यस्तै, कल निक्षेपमा २.५० प्रतिशत व्याजदर कायम गरेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै बैंकले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ७.५० प्रतिशत देखि अधिकतम ९.५० प्रतिशतसम्म तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here