नेपाल लाइफको नाफा ९६ प्रतिशत घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, ३० कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

पहिलो त्रैमासमा नेपाल लाइफको नाफा ९६ प्रतिशतले घटेको छ । कम्पनीले ७० लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९६.९३ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले शेयर लगानी नोक्सानी बापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफा उल्लेख्य घट्न पुगेको हो ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी ०.३९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४३३८.०३ गुणा रहेको छ।

असोज मसान्तसम्ममा कम्पनीले जीवन बीमा धितो बापत २० अर्ब ५७ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरी ५९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार १२० दाबीबापत ३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोष २५.२५ प्रतिशत र महाविपत्ती कोष ३.८३ प्रतिशत बढेको छ।

गत बर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा रहेकोमा अहिले घटेर ३९ पैसामा सिमित हुन पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here