काठमाडौंका यी ठाउँमा चार घण्टा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं, ३० कात्तिक । काठमाडौका विभिन्न ठाउँमा मंगलबार बिजुली जाने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भैरवनाथ गण क्षेत्रमा उपकरण जडान र मर्मतको लागि लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिहान ६ देखि बिहान १० बजेसम्म बिजुली काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यस्तै, धापासी फिडर अन्तर्गतको सामाखुसी चोकमा मर्मत तथा जडानको कामका लागि बसुन्धारा, टोखारोड, बानियाँटार, रानीबारी र ग्राण्डी अस्पताल वरपर पनि ११ देखि तीन बजेसम्म बत्ती जानेछ ।

चण्डोल क्षेत्रमा लिंक स्विच जडानको लागि बिहान ११ देखि दिउँसो तीन बजेसम्म सुकेधारा, चण्डोल, महाराजगञ्ज, विशालनगर, चप्पल कारखाना, लोसाल लगायतका ठाउँमा बत्ती काटिने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here