जीवन विकास लघुवित्तको नाफा ३५ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, ३० कात्तिक । जीवन विकास लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार असोज मसान्तसम्म खुद नाफा ३५.३९ प्रतिशतले वृद्धि भएको छ । नाफा ३५.३९ प्रतिशत वृद्धि भएसँगै खुद नाफा १७ करोड ६६ लाख ९ हजार रुपैयाँ पुर्याएको छ ।

खुद ब्याज आम्दानी ४४.७५ ले बढेको छ । आइपीओ बिक्री गरी पुँजी ६० करोड ४० लाख रुपैयाँ पुर्याएको छ भने रिजर्भ कोष निकै आकर्षक देखिएको छ ।

रिजर्भ कोषमा ९७.६४ प्रतिशत वृद्धि गरी १ अर्ब ४९ करोड ७१ लाख रुपैयाँ जम्मा गरेको छ । जीवन विकासको प्रतिसेयर आम्दानी वार्षिक ११६ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ ३७१ रुपेयाँ ७७ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here