क्रिकेट रंगशालाबाट धुर्मुसको अपील-‘एकपटक सबैले बन्नु पर्छ भनेर साथ दिऔं'(भिडियो)

काठमाडौं, ३० कात्तिक । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला एकपटक सबैले बन्नु पर्छ भनेर साथ दिन धुर्मूसले अपील गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन जुटिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मूस) ले सामाजिक सञ्जाल फेसबुकमार्फत समग्र नागरिकका लागि अपील गरेका हुन् ।

उनले अपीलमा हाम्रो कसैप्रति कुनै पूर्वाग्रह कहिल्यै रहने छैन भन्दै सहयोगी मनहरु फेरि एक पटक जुट्नको लागि भनेका छन् ।

केन्द्रिय, स्थानीय सरकारलाई पटक-पटक जिम्मेवारी लिन पहल गर्दापनि वेवास्था गरेको भन्दै एक पटक सबै जुटेर अविभावक भएर सहयोग गरिदिन अनुरोध गरेका छन् ।

१७ करोडको ऋण टाउकोमा बोकेर पनि देश विकासमा लागेको बताउँदै यसलाई बनाउनको लागि उद्योगपति सरकार सबैलाई अनुरोध गरेका हुन् । कोरोनाकालमा नरोकिएको रंगशाला पैसाको अभावमा विगत चार महिनादेखि रोकिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here