विकास बैंक र फाइनान्स कम्पनीबीच ब्याजदरमा भद्र सहमति

काठमाडौं, ३० कात्तिक । विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदरमा भद्रसहमति गरेका छन् ।

विकास बैंकका सीइओहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसियनले एकवर्षको मुद्दति निक्षेपको ब्याजदर १०.२५ प्रतिशत दिने सहमति भएको हो ।

यसका आधारमा मंसिर महिनामा विकास बैंकहरुले संस्थागत निक्षेपमा ९.२५ प्रतिशतसम्म ब्याजदर दिनेछन ।

अघिल्लो महिनामा सबै विकास बैंकहरुको औसत ब्याजदर ९.५ प्रतिशत थियो ।

यस्तै फाइनान्स कम्पनीको संस्था नेपाल वित्त संघले एकवर्ष अवधीको मुद्दति निक्षेपको ब्याजदर १०.३५ प्रतिशत तोक्ने सहमति भएको जनाइएको छ ।

यसका आधारमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.३५ प्रतिशत र साधारण निक्षेपको ५.३५ प्रतिशत कायम भएको छ । कात्तिक महिनामा फाइनान्स कम्पनीहरुको औसत ब्याजदर ९.६२ प्रतिशत थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here