फिफा विश्वकप छनोट: अर्जेन्टिना ब्राजिलसँग बराबरीमा रोकियो

काठमाडौं, १ मंसिर । फिफा विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेल्दै अंक बाडेका छन् ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिना र ब्राजिलले गोलरहित बराबरी खेलेको हो ।

बराबरीमा रोकिएपछि अर्जेन्टिनाले चाडै विश्वकपमा छनोट हुने मौका गुमाएको छ ।

अर्जेन्टिनाविरूद्ध ब्राजिल नेयमार बिनै मैदानमा उत्रिएको थियो। खुट्टामा चोट बोकेका नेइमार अझै केही समय मैदान बाहिरै रहनेछन्।

बराबरीपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट प्रतियोगितामा १३ खेलबाट २९ अंक जोडेको छ । यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिल भने ३५ अंकका साथ शीर्ष स्थानमा छ ।

अर्जेन्टिनाले अब विश्वकपमा स्थान पक्का गर्नका लागि अर्को खेलमा एक अंक जोडे पुग्नेछ । अर्जेन्टिनाले अब अर्को खेल चिलीविरुद्ध खेल्नेछ ।

अब यो क्षेत्रबाट बाँकी ३ टोली छनोट हुन बाँकी छ।

समूहको तेस्रो स्थानमा रहेको इक्वेडरको २० अंक छ भने चौथो स्थानमा रहेको कोलम्बियाको १७ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here