काठमाडौं, १ मंसिर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा वैदेशिक अनुदान शून्य देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ३ महिनाको (असोज मसान्तसम्म) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो ।
बजेट वक्तव्यमा सरकारले वैदेशिक अनुदानबाट ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकामा साउनदेखि असोज मसान्तसम्म ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको प्रतिवद्धतामात्र आएको छ । तर, अनुदान प्राप्ति भने शून्य छ ।
अनुदान दिने मुलुकको अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव परेका कारण अनुदान प्राप्ति शून्य भएको हुनसक्ने जानकारहरु बताउँछन् ।