अपर तामाकोशीको शेयर मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, १ मंसिर । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्यमा उछाल आएको छ ।

बुधावार तामाकोसी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

१२:१५ बजेसम्ममा तामाकोशीको शेयर मूल्य १० प्रतिशले बढेर कारोबार भैरहेको छ । त्यसदिन कम्पनीको शेयर मूल्य ६४ रुपैयाँले बढेर प्रतिकित्ता ७०५ रुपैयाँ पुगेको छ ।

मंगलवार नै राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पहिलो पटक नाफामा गएको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here