मेगा बैंकको लाभांश प्रस्ताव संशोधन, बोनस शेयर घट्यो

काठमाडौं, १ मंसिर । मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ।

कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांशलाई परिमार्जन गरेको हो

कम्पनीले १२ दशमलव शून्य ७ प्रतिशत बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृतीको लागि पेश गरेकोमा कर प्रयोजनको लागि आवश्यक नगद लाभांश प्रस्ताव गर्नुपर्ने निर्देशन आएकाले लाभांश परिमार्जन गरेको बताएको छ ।

संशोधन गर्न निर्देशन आएकाले कम्पनीले १० प्रतिशत बोनस शेयर र २ दशमलव शून्य ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअघि बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १२।०७ प्रतिशत दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here