काठमाडौं, १ मंसिर । बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले मंसिर १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार २४ वटा बैंकको ब्याज १० प्रतिशत माथि पुगेको छ भने ३ वटाको मात्र एकल अंक अर्थात् १० प्रतिशतभन्दा कम रहेको छ ।
गत महिना बैंकहरुले ब्याज बढाउन होडबाजी गरेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर यो महिना अधिकतम सीमा तोकिदिएको थियो ।
राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेर बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । यसअघि धेरै बैंकहरूले मुद्दती बचतमा ९.३६ प्रतिशतभन्दा ब्याज दिएका थिए।
अधिकांश बैंकले ब्याज १० प्रतिशत माथि पुर्याए पनि ३ बैंकले भने एकल अंकमै राखेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्ड र स्वदेशी लगानीको निजी क्षेत्रको मेगा बैंकले मात्रै ब्याजदर १० प्रतिशतभन्दा कम राखेका हुन् ।
जसमा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकले ९.११ प्रतिशत तोकेको छ । यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.५ प्रतिशत र मेगाले ९.९६ प्रतिशत ब्याज निर्धारण गरेको छ ।
बैंकहरूले मुद्दतीमा बचतमा मंसिरदेखि लागू हुने गरी तोकेको ब्याजदर
राष्ट्रिय वाणिज्य बैंक
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले बचत मुद्दती निक्षेपमा अधिकतम ९.११ प्रतिशतसम्म ब्याज दिनेछ ।
नबिल बैंक
नबिल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार नबिलले मुद्दती निक्षेपमा अधिकतम १०.५ प्रतिशतसम्म ब्याज दिनेछ ।
एनएमबि बैंक
एनएमबी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिरको लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा अधिकतम १०.५ ब्याज पाइने छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दती निक्षेपमा अधिकतम १०.५ प्रतिशतसम्म ब्याज पाइने छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले पनि नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याज रहेको छ ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याज सार्वजनिक गरेको छ । मंसिरदेखी लागू हुने गरी सार्वजनिक गरेको ब्याजदरमा मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म पाइने छ ।
सनराइज बैंक
सनराइज बैंकले सार्वजनिक गरेको ब्याजरमा मुद्दती निक्षेपमा १०.०५ प्रतिशतसम्म ब्याज रहेको छ ।
सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले सार्वजनिक गरेको ब्याजदमा मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याज पाइने छ ।
नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले मुद्दती खातामा १०.५ प्रतिशतसम्म ब्याज दिनेछ ।
हिमालयन बैंक
हिमालयन बैंकले कात्तिक महिनाको लागि सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म रहेको छ ।
प्रभु बैंक
प्रभु बैंकले मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याज दिने सूचनामा उल्लेख गरेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक
स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा ९.५ प्रतिशतसम्म ब्याज पाएने छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याज दिनेछ ।
सिभिल बैंक
सिभिल बैंकले मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याज दिनेछ ।
प्राइम बैंक
प्राइम बैंकले मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याज दिनेछ ।
सानिमा बैंक
सानिमा बैंकको मुद्दती निक्षेप १०.५ प्रतिशतसम्म ब्याज रहेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म रहेको छ ।
नेपाल बैंक
नेपाल बैंकले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म पाइने छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याज दिनेछ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले मंसिर महिनाको लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याज पाइने छ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले मंसिरको लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म रहेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले मंसिर महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा १०.०५ प्रतिशतसम्म रहेको छ ।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म रहेको छ ।
मेगा बैंक
मेगा बैंकले ब्याजदर सार्वजनिक गरेको बैंकको मुद्दती निक्षेपमा ९.९६ प्रतिशत ब्याज पाइने छ ।
कुमारी बैंक
कुमारी बैंकले मंसिर महिनामा मुद्दती निक्षेपमा १०.५ प्रतिशतसम्म ब्याज दिने भएको छ ।