दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १ मंसिर । साताको कारोबारको चौंथो दिन शेयर बजारमा हरियाली छाएको छ ।

साताको कारोबारको पहिलो झिनो अंकले घटेता सोमबार २६ अंकले मंगलवार ६९.२२ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ बराबरको १ करोड १९ लाख ४३ हजार ८८५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ५.२९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह १.५२ प्रतिशतले घटेको छ ।

बैंकिङ समूहको शेयर ४ अङ्कले बढेको छ भने विकास बैंक ७५ , उत्पादन समूहको शेयर १०० अंक, जीवन बीमा समूहको ८४ अंकले घटेको छ ।

होटलको ५१ फाइनान्सको ३२ ,माइक्रोफाइनान्सको ८ र जलविद्युत् समूहको शेयर ७१ अङ्कले बढेको छ । यस्तै निर्जीवन बीमा समूहको ६ अंकले घटेको छ । र अन्य समूहको शेयर १०५ अङ्कले बढेको छ ।

पञ्चकन्यामाई हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी, नेपाल बंगलादेश बैंक र मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य सर्किट लेभलले बढेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ५८ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक साढे ३८ करोड र एशियन लाइफ ३३ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

त्यस्तै, आज कोटलर्स नेपाल तराई र महालक्ष्मी विकास बैंक शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here