थप ४१२ जनामा कोरोना पुष्टी, २०२ जना संक्रमण मुक्त

काठमाडौं, १ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र ४१२ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ९६३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४८३पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here