महिला लघुवित्तको नाफामा उछाल, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, २ मंसिर । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४४.४१ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६०.७३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ करोड ७ लाख ९७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी १ सय १४ रूपैयाँ ७१ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३ सय २८ रूपैयाँ ९४ पैसा रहेको छ ।

समिक्षा अवधिमा संस्थाले १ करोड ९३ लाख ९५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्ष संस्था १ करोड ५८ लाख ७४ हजार रूपैयाँ सञ्चालन नोक्सानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here