रोनाल्डोलाई पछि पार्दै मेसीले जिते गोल ५० अवार्ड

काठमाडौं, २ मंसिर । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् ।

भोटिङका आधारमा क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन् ।

यो सँगै मेस्सीले रोनाल्डोको कीर्तिमानलाई बराबरी गरेका छन् । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् ।

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले तेस्रो तथा इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाहले चौथो स्थान हासिल गरे ।

फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे पाँचौ स्थानमा रहे ।

महिलातर्फ बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारिन् । इरेनी पारेडेस दोस्रो तथा एसिसाट ओसोएला तेस्रो स्थानमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here