पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहर, काठमाडौं १२ औं नम्बरमा

फाइलफोटो

काठमाडौं, २ मंसिर । पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ ।

अमेरिकास्थित एक संस्था यूएस एयर क्वालिटी इन्डेक्सको जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टलेले लाहोर विश्वकै प्रदूषित सहरमा परेको देखाएको हो ।

काठमाडौं विश्वमै १२ औं प्रदूषित सहरमा परेको छ । काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १६१ रहेको छ ।

रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदुषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

भारतको राजधानी नयाँदिल्ली ३६६ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) सहित दोस्रो प्रदूषित सहरमा परेको छ ।

बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो । ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ ।

पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ । सवारी साधनमा कम गुणस्तरको डिजेलको प्रयोग, मौसमी उब्जनीपछि किसानहरुले खेतबारीमा लगाएको आगो तथा परालको धुँवा र हिउँदसँगै सुरु भएको चिसोले वातावरण झनै प्रदूषित बनेको छ ।

एक करोड १० लाख जनसंख्या रहेको लाहोर वायु प्रदूषणका हिसाबले बारम्बर विश्वमै ‘प्रदूषित सहर’ को उपमा पाउँदै आएको छ ।

वायु स्वच्छ राख्न भन्दै पछिल्ला बर्ष स्थानीयवासीले आफै एयर प्युरिफायर मेसिन (हावा चिसो बनाउने मेसिन) बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here