काठमाडौं, २ मंसिर । तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
साताको कारोबारको अन्तिमदिन ११ बजेर ५ मिनेट सम्ममा तेह्रथुम पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो ।
सर्किट लागेसँगै मूल्य ५८.४० रुपैयाँले बढेर ६४३.१० रुपैयाँ पुगेको छ ।
कम्पनीले हाल तेह्रथुममा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ ।