दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने हाइड्रोका लगानीकर्ता

काठमाडौं, २ मंसिर । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँ बराबरको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने विकास बैंक र हाइड्रोका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर २२ अङ्कले, विकास बैंकको १ सय ११, होटलको ५१, फाइनान्सको २७, माइक्रोफाइनान्सको ९ र जलविद्युत् समूहको शेयर ९३ अङ्कले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर ७८ अङ्कले, जीवन बीमा समूहको २ सय ७ अङ्कले, निर्जीवन बीमा समूहको २ सय ४ र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।

नेप्सेका अनुसार बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनी रहेका छन् ।

त्यस्तै, आज मैलुङखोला जलविद्युत कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस बैंकको आज ६० करोड भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here