‘आइएमई डबलको डबलको डबल’ अफरको विजेता जिवेश दाहाल

काठमाडौं, २ मंसिर । आइएमइले ल्याएको चाडपर्व अफर ‘आइएमई डबलको डबलको डबल’ अफरको विजेता जिवेश दाहाल बनेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित प्रविधिमा आधारित ‘लक्की ड्र’ कार्यक्रम मार्फत विजेता छनोट गरिएको हो ।

प्रविधिमा आधारित लक्की ड्र मार्फत सार्वज्निक गरिएको नतिजा अनुसार आइएमईका सेवाग्राही जिवेश दाहाल भाग्यशाली विजेता छनोट भएका हुन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, ब्राण्ड एम्बेसडर दीपकराज गिरि र दीपाश्री निरौलाले संयुक्त रुपमा प्रविधिमा आधारित लक्की ‘ड्र’ गरेका थिए ।

दाहलले अल अहलिया एक्सचेन्जबाट आइएमई गरी एक लाख ५६ हजार ५५८ रुपैयाँ रकम नेपाल पठाएका थिए । उपहार मार्फत उनले उक्त रकमको आठ गुणा अर्थात् १२ लाख ५२ हजार ६४ रुपैयाँ प्राप्त गरेका हुन् ।

अध्यक्ष ढकालले विजेतालाई शुभकामना दिँदै ग्राहकको विश्वासका कारण आइएमई सबैमाझ पचिरित रेमिट्यान्स कम्पनी भएको बताए ।

लक्की ड्र पश्चात दाहाललाई विजेता घोषणा गरेपछि ब्राण्ड एम्बास्डर दीपकराज गिरी र दीपाश्री निरौलाले उनकी पत्नीलाई फोन सम्पर्कमार्फत कार्यक्रम स्थलबाटै बधाई ज्ञापन गरेका थिए ।

आइएमईले दसैँ, तिहार पर्वको अवसरमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको थियो । भदौ १५ गतेदेखि कात्तिक मसान्तसम्म चलेको अफरमा विश्वभरका नेपाली सहभागी भएको कम्पनीले जनाएको छ ।

५७ दिनका लागि कायम सो अफर अन्तर्गत ८ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना भाग्यशाली विजेता गरि कुल २१ जना लाभान्वित भएका छन् ।

आईएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिँदा २ सय रुपैयाँ तत्काल बोनसको व्यवस्था अफर अन्तर्गत हजारौँ सेवाग्राही लाभान्वित भएको आईएमईले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here