गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने तीनसहित पाँच उद्योग कारवाहीमा

काठमाडौं, २ मंसिर । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने तीन कम्पनीसहित ५ उद्योगलाई कारवाही गरेको छ।

विभागले मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, जानकी केवल प्राली धनुषा र ग्यास वान नेपाल प्रालि बारालाई कारवाही गरेको हो ।

मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ ।

अनुगमनका क्रममा संकलन गरिएको नमुनाको गुणस्तर मापन गर्दा मारुती सिमेन्टको ७ र २८ दिनको मान क्रमशः ३१ र ३८ एमपिए रहेको पाइएको छ ।

विभागका अनुसार ती दिनहरुको मान क्रमशः ३३ र ४३ हुनुपर्ने थियो । मारुती र युनाइटेड सिमेन्ट भने ओपीसी हो ।

युनाइटेड सिमेन्टको ५३ ग्रेडको सङ्कलित ओपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३७ र ५३ हुनुपर्नेमा ३५ र ३९ रहेको र यो नमुना नेपाल गुणस्तर ५७२ अनुसार नरहेको भन्दै ५३ ग्रेडको सिमेन्ट बिक्री रोक्का गरी त्यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here