थप २९९ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं, २ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र ३२८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ३०७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९९ हजार १६७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here