नेपाली टिमद्धारा कतारविरूद्धको टी-२० सिरिज ‘क्लिनस्विप’

काठमाडौं, २ मंसिर । कतारविरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३-० ले ‘क्लिनस्विप’ गरेको छ।

विहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज ‘क्लिनस्विप’ गरेको हो।

नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६४ रन बनाएको थियो । १६५ रनको लक्ष्य पछ्याएको कतारले सात विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो ।

कतारका लागि एलीना खानले सबभन्दा धेरै १९ रन बनाइन् । कप्तान आएशाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

आईसीसी ट्वान्टी–२० विश्वकपको एसियाली छनोटका लागि तयारीस्वरूप नेपालले कतारविरुद्ध तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेको हो । नेपालले पहिलो खेल ११९ रन र दोस्रो खेल ६१ रनले जितेको थियो ।

विश्वकप छनोट आगामी सोमबारदेखि यूएईमा सुरु हुँदैछ। छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here