नेपाल टेलिकमले माग्यो कर्मचारी, एसईई पास गरेकालाई अवसर

काठमाडौं, ३ मंसिर । नेपाल टेलिकमले एकैपटक २७० दरवन्दीमा कर्मचारी पदपूर्तिका सूचना निकालेको छ ।

टेलिकमले शुक्रवार गोरखापत्र दैनिकमा सूचना निकाले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरि विभिन्न २० पदमा दरखास्त आह्वान गरेको हो ।

जसमा उपप्रबन्धकमा लेखा, प्रशासन गरी ५ जना, वरिष्ठ टेलिकम इन्जिनियर २ जना, वरिष्ठ लेखा अधिकृत ४ जना, वरिष्ठ प्रशासकीय अधिकृत २ जना माग गरेको छ ।

त्यस्तै वरिष्ठ व्यापार अधिकृत १ जना, टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन) ४८ जना, टेलिकम इन्जिनियर (कम्प्युटररइलेक्ट्रिकल) ३२ जना, सिभिल इन्जिनियर ९ जना, सहायक लेखा अधिकृत १३ जना माग गरेको छ ।

सहायक प्रशासकीय अधिकृत १३ जना, सहायक व्यापार अधिकृत ११ जना, ओभरसियर १५ जना, टेक्निसियन ५३ जना, सहायक २८ जना र जुनियर टेक्निसियन ३४ जनालाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि दरखास्त आह्वान गरेको हो ।

टेलिकमका अनुसार मंसिर २३ सम्म दरखास्त आह्वान गर्न सकिनेछ । टेलिकमले इच्छुक तथा योग्य उम्मेदवारहरुलाई कम्पनीको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np बाट आवेदन दिन आग्रह गरेको छ ।

जुनियर टेक्निसियन पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट दशम कक्षा उत्तीर्ण गरेकालाई अवसर दिएको छ ।

तर, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दूरसञ्चार तालिम केन्द्रबाट ट्रान्समिसन, आउटसाइड, पावर, स्विचिङ वा टेलिकम टेक्निसियनको तालिम प्राप्त वा राष्ट्रिय सीप परीक्षण केन्द्रबाट ट्रान्समिसन, आउटसाइड, पावर, स्विचिङ विषयमा तह १ को सीप परीक्षण उत्तीर्ण भएको भने हुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here