एबी डी भिलियर्सले गरे खेलाडी जीवनबाट संन्यासको घोषणा

काठमाडौं, ३ मंसिर । दक्षिण अफ्रिकाका लोकप्रिय क्रिकेट खेलाडी एबी डिभिलियर्सले सम्पूर्ण क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् सम्पूर्ण क्रिकेट प्रारूपबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

‘मैले जति पनि क्रिकेट खेले एकदमै आनन्दपूर्वक खेले । जति पनि ठूला क्रिकेटरहरूसँग खेले मेरो लागि अत्याधिक खुसीको पल थियो ।

क्रिकेटले मलाई असाधारण रूपमा खुसी दियो । क्रिकेटमा मैले पाएको अवसर र अनुभव मेरा लागि अति नै प्रिय छन् । र, म सधैं यसका लागि आभारी छु,’ डिभिलियर्सले फेसबुकमा लेखेका छन् ।

सन् २०१८ यता राष्ट्रिय टोलीमा नरहेका डे भिलियर्सले यसबीचमा व्यावसायिक क्रिकेट भने खेलिरहेका थिए। ३७ वर्षीय यी क्रिकेटरले रोयल च्यालेन्जर्स बैंगलोरबाट इन्डियन प्रिमियर लिग-आईपीएल खेल्दै आएका थिए।

डे भिलियर्सले टेस्ट क्रिकेटमा एक सय १४ खेल खेल्दै २२ शतक र ४६ अर्धशतकसहित ८ हजार ७ सय ६५ रन बनाएका छन्।

यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय २८ खेल खेलेकामा २५ शतक र ५३ अर्धशतकसहित ९ हजार ५ सय ७७ रन बनाएका छन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ७८ खेल खेल्दै १० पटक अर्धशतक बनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here