नबिलबैंक १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

काठमाडौं, ३ मंसिर । नबिलबैंक लिमिटेडले १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ्ग पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।

नबिलबैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशकतारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरे ।

नेपाल हस्तकला महासंघ सँगको सम्बन्धलाई निरन्तरतादिंदै यस वर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ ।

महासंघ सँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपालअन्तर्गत नेपालीउत्पादनलाई सहयोग एवं प्रोत्साहनगर्ने नबिल बैंकको पहलतथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको हो ।

यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंकको रुपमानबिल बैंकको प्रतिबद्धतालाई झल्काउँदछ ।

एउटै छाताभित्र हस्तकलाव्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले आयोजनागरिएका यस्ता कार्यक्रममाआधिकारिक बैंकिङ्ग पार्टनरको रुपमा सहभागीहुनपाउँदा र्गवभान्वितमहसुश गरेको बैंकका सानातथामझौलाउधमतथा लघुवित्त कर्जा विभाग का प्रमुख नीरज कुमार बस्नेत डनिलले बताए ।

साथै, यस वर्ष कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुर्नरुत्था नगर्न आर्थिक पहुँच पु¥याई दक्षजन शक्तिको रोजगारी सुनिस्चित गर्न सहयोग हुने समेत बस्नेतले बताए ।

नेपाली हस्तकला उद्यम र व्यवसायप्रर्वद्धनका लागि आयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलाहरुमामहासंघ संग नेपालको अग्रणी नबिल बैंक लिमिटेडले निरन्तर रुपमा गरि आएको सहयोग र सहकार्यले उद्यमिएवं समस्त हस्तकला व्यवसायलाई उर्जा र हौसलाप्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशकतारक थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here