थप २९६ जनामा कोरोना पुष्टी, ५ जना संक्रमितको निधन

काठमाडौं, ३ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र ११९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ५७८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ५३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here