‘गुणस्तरीय ई-कमर्श सेवाका लागि विशेष पहल गर्न आवश्यक छ’- वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, ३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार कम्प्युटर एशोसिएशन नेपाल महासंघले काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन नगरी मुलुक बलियो बन्न नसक्ने हुँदा यसका लागि सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइज गर्नुपर्ने बताएका हुन् ।

उनले अबको युग भनेको सूचना प्रविधिको युग हो भन्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई गुणस्तरीय र भरपर्दो डिजिटलाइजेशनमा लैजान सुझाव दिए ।

विस्तारै बढ्दै गरेको सूचना प्रविधिले कोभिड १९ को महामारीपछि ठूलो फड्को मारेको बताउँदै ढकाललेले यस अवसरलाई सदुपयोग गर्दै सम्पूर्ण सेवा तथा व्यवसायलाई डिजिटलाइजेशनमा लैजान आग्रह समेत गरे ।

‘हामीले सूचना प्रविधिको महत्व पहिले पनि बुझेकै हो । तर महामारीको समयमा यो हाम्रो जिविका चलाउने मुख्य माध्यम नै बन्न गयो र यसलाई हामी सबैले सहजरुपमा स्विकार पनि गर्यो’, ढकालले भने ।

नेपाल उद्योग वाणिज्य महासंघले सूचना प्रविधिको विकासलाई ठूलो महत्व दिएको र महासंघको भिजन पेपरमा समेत सूचना प्रविधिको विकासलाई प्रमुखताका साथ समेटेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here