लिग वान: मेस्सीको ‘डेब्यु’ गोलमा पीएसजीको जित

काठमाडौं, ५ मंसिर । फ्रेन्च लिग वान फुटबल अर्जेन्टिनी सुपरस्टार गोलका खाता खोल्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा पिएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गर्दा मेसीले लिगमा खाता खोलेका हुन् । मेसी लिगको छैटौं खेलमा खाता खोल्न सफल भए ।

केलियन एमबाप्पेले दोस्रो मिनेटमा नै गोल गर्दै घरेलु मैदानमा पिएसजीलाई अग्रता दिलाएका थिए ।

यसै सिजनको सुरुमा बार्सिलोनाबाट पीएसजी आएका मेसीले च्याम्पियन्स लिगमा तीन गोल गरे पनि लिगको अघिल्ला पाँच खेलमा गोल गर्न सकेका थिएनन् । उनको यो पहिलो लिग गोल हो ।

जारी सिजन घरेलु मैदानमा अपराजित नतिजालाई कायम राखेको पीएसजीले जितसँगै १४ खेलबाट ३७ अंक जोडेको छ । जुन दोस्रो स्थानको रेनेसभन्दा १२ अंकले अगाडि हो । पराजित नान्ट्स १८ अंकका साथ ११औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here