विदेशी मुद्रा विनिमय:यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ५ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४८ र बिक्रीदर ११९ रुपैयाँ ८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ३९३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ७१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १५ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here