१२ देखि १८ वर्षमुनिका बालबालिकालाई फाइजर खोप लगाउन शुरु, यी हुन् खोप केन्द्र

काठमाडौं, ५ मंसिर । सरकारले आइतवारदेखि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिने शुरु गरेको छ ।

दीर्घ रोगीलाई लगाएर खोप बचत भएपछि सरकारले आइतबारदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई लगाउने निर्णय गरेको हो।

यसअघि खोप नलगाएका तोकिएका दीर्घ रोगी र १२ वर्षमाथि उमेर समूहलाई खोप दिएको थियो । खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएका छन्।

खोपकेन्द्र ललितपुरमा पाटन अस्पताल, काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पताल तोकिएको छ ।

खोपका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । जन्मदर्ता वा परिचय खुल्ने सरकारी कागजात लिएर तोकिएको अस्पतालमा गए १२ देखि १८ वर्ष मुनिका बालबालिकाले खोप पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here