रीमा समाज वृद्ध आश्रमलाई मेची-महाकाली संस्थाको आर्थिक सहयोग

काठमाडौं, ५ मंसिर । मेची महाकाली सामाजिक संस्थाले वृद्धवृद्धालाई सहयोग गरेको छ ।

संस्थाले रीमा समाज बृद्ध आश्रममा रहेका वृद्धाहरुलाई खाना तथा लत्ताकपडाका लागि ५० हजार रुपैयाँ नगद सहयोग गरेको संस्थाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

संस्थाका सचिव गोपाल थापा मगर तथा सदस्यहरु सरिता श्रेष्ठ, जुना दाहालले बुढानिलकण्ठस्थित आश्रम सञ्चालकलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

संस्थाले सेवा नै धर्म हो भन्ने नाराका साथ समाजका विभिन्न क्षेत्रमा सहयोग गर्ने उदेश्य अनुरुप विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here