रोजगारीका लागि चार महिनामा १ लाख ५६ हजार विदेशिए, रोजाइमा कतार

फाइलफोटो

काठमाडौं, ६ मंसिर । विश्वव्यापी रूपमै कोभिड-१९ नियन्त्रणउन्मुख भएपनि विश्व महामारीको चपेटामा गुज्रिरहेको छ ।

कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका नेपाली श्रमिकहरु रोजगारीको क्षेत्र पुनः लयमा फर्किएसँगै बाहिरिने क्रम जारी छ ।

देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ। नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार चालू आवको चार महिना(साउन, भदौ, असोज र कात्तिक) मा १ लाख ५६ हजार ५७ जना युवा रोजगारीका लागि विदेशिएका छन्।

गत आर्थिक वर्ष भरीमा जम्मा एक लाख ६६ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका थिए।

तथ्यांक अनुसार विभागका अनुसार साउनमा २५ हजार ४ सय २८, भदौमा ३६ हजार ४० र असोजमा ३९ हजार ६ सय ७१ जना युवा विदेश पुगेका छन्। यसैगरी कात्तिक महिनामा मात्रै ५४ हजार ९ सय १८ जना युवा विदेश पलाएन भएका छन्।

विशेषगरि यो समयमा दुवई, कतार, बहराइन, कुवेत लगायतका देशमा बढी नेपाली गएका छन् । कात्तिक महिनामा नेपालबाट ८२ जना कामदार रोजगारीका लागि मलेसिया पुगेका छन्।

चार महिनामै नेपालबाट ५९ हजार २ सय ७० जना युवा रोजगारीका लागि कतार पुगको छन्। ५४ हजार ९४ जना युवा रोजगारका लागि साउदी अरब पुगेका छन् ।

कात्तिक महिनामा मात्र कात्तिक महिनामै खाडी, मलेसिया तथा अन्य मुलुकमा रोजगारीका लागि ५४ हजाार ९ सय १८ नेपालबाट विदेशिएका छन्।

जसमा दुबई १३ हजार ५ सय ५०, साउदी अरब १७ हजार ९ जना र सबैभन्दा बढी कतार १९ हजार ८१ जना युवा पुगको छन्। नेपालबाट दैनिक १८ सयसम्म युवा रोजगारीका लागि विदेशिन थालेको छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here