मौद्रिक नीति समीक्षाको पखाईमा लगानीकर्ता, शेयर कारोबार रकम दिनहुँ घट्दै

काठमाडौं, ६ मंसिर । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई मुख्य रुपमा लिइएको छ।

खासगरी बजारमा देखिएको कर्जा अभाव र शेयर धितो कर्जामा लगाइएको सीमालाई कसरी सम्बोधन गर्न भनेर लगानीकर्ता हेरिरहेको देखिन्छ ।

जसको प्रभाव शेयर बजारमा परेको छ । मौद्रिक नीतिमा गरिएको शेयर धितो कर्जाको ४–१२ को क्याप परिमार्जन हुन अपेक्षामा लगानीकर्ताहरु छन्।

यी कुराले शेयर बजारलाई प्रभाव पारिरहेको विश्लेषकहरु बताउँछन्। पहिलो समीक्षामार्फत प्रावधानलाई केही खुकुलो बनाउने संकेत देखिएको छ ।

मौद्रिक नीति समीक्षाको प्रभाव शेयर बजारमा परेको छ । शेयर बजार मापक सूचक नेप्से ७.९० अंकले घटेर २७६५.४४ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच भएका छन् ।

आइतबार ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँ बराबरको कारोवार भएको थियो ।

गत विहीबार नेप्सेमा ६ अर्ब २७ करोड १८ लाख बराबरको कारोबार भएको थियो । बुधबार नेप्सेमा ७ अर्ब ३७ करोड ९४ लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ५ राताम्मे भएका छन् । भने ८ वटाको परिसूचक हरियो बनेको छ ।

बैंकिङ उपसमूह २, ब्यापार १५, होटल तथा पर्यटन १४९, जलविद्युत १०, निर्जीवन बीमा ९९ र अन्य उपसमूह २७ अंकले बढेको छ ।

विकास बैंक ३४, फाइनान्स २३, उत्पादन २४, माइक्रोफाइनान्स १४ र जीवन बीमा उपसमूह ७ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था र चन्द्रागीरी हिल्स रहेका छन् ।

यी दुबै कम्पनीको शेयरमूल्य सर्किट लेभेलमा बढेको छ ।

आज मानुषी लघुवित्तको शेयरमूल्य बढेर प्रतिकित्ता १८०९.२० पुगेको छ भने चन्द्रागीरी हिल्सको शेयरमूल्य आज बढेर प्रतिकित्ता १७ सय रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

त्यस्तै, आज कर्पोरेट डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्यमा गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here