इच्छाराजलाई ऋणतिर्न ३५ दिने सूचना, नतिरे सुन्धाराको ६ रोपनी जग्गा र भवन लिलाम हुने

काठमाडौं, ६ मंसिर । कर्मचारी सञ्चय कोषले सिभिल इस्टेटका सञ्चालक इच्छाराज तामाङ लगायतलाई ऋणतिर्न ३५ दिने सूचना निकालेको छ ।

कोषले सोमबार एक सूचना जारी गर्दै ३५ दिन भित्र बुझाउन बाँकी सम्पूर्ण ऋण, त्यसको लाग्ने ब्याज र हर्जाना समेत बुझाउन भनेको हो ।

सिभिल स्टेट्स प्रालिका सञ्चालक तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखियालाई ऋण तिर्न भन्दै कोषले सूचना निकालेको हो ।

पटक-पटक भाखा नाघेको ऋणको साँवा-ब्याज रकम भुक्तान गर्न ताकेता गर्दासमेत ऋणीहरू कोषको सम्पर्कमा नआएकाले सूचना जारी गर्नुपरेको उसले जनाएको छ।

नतिरे इच्छाराजको नाममा राजधानीको सुन्धारामा रहेको ६ रोपनी जग्गा र सोमा बनेका १३२ इकाई पसल तथा कवलहरू लिलामी गर्ने कोषले जनाएको छ ।

सिभिल स्टेट्सले ऋण लिँदा काठमाडौं महानगरपालिका सुन्धाराको ६ रोपनी जग्गा र त्यसमा निर्माण भएको ८२ हजार ९५ वर्गफिट बराबरको १३२ इकाई धितो राखेको थियो ।

तोकिएको अवधि भित्र ऋण नतिरे कोषले धितो राखिएको सम्पत्ति लिलाम गरी ऋण अशुल गरिने कोषले जनाएको छ । सिभिल सहकारीमार्फत संगठित ठगीको आरोमा संचालक तामाङसहित एकदर्जन व्यक्ति अहिले प्रहरी हिरासतमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here