सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी हुँदा तीन बालकको मृत्यु

साङ्केतिक चित्र

काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा आगलागी हुँदा तीन जना बालकको ज्यान गएको छ ।

स्थानीय सञ्च तामाङको गोठमा आगलागी भएको हो ।

मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

आगो गएराति नै नियन्त्रणमा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here