एकैदिन तोलाको १६ सय रुपैयाँ घट्यो सुनको भाउ

काठमाडौं, ७ मंसिर । सुनको भाउमा भारी गिरावट आएको छ । सोमबारको तुलनामा मंगलवार सुनको भाउ तोलाको १६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमवार तोलाको ९३ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १६ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ३ सयमा कारोवार भैरहेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा १६ सयले नै घटेर ९१ हजार ८ सयमा झरेको छ । आइतबार भने सुनको मूल्य सात सयले घटेको थियो । भने सोमवार २ सय रुपैयाँ बढेको थियो

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here