मेसीसहित ११ खेलाडी ‘फिफा उत्कृष्ट वर्ष खेलाडी’ अवार्डको मनोनयनमा, को-को परे ?

काठमाडौं, ७ मंसिर । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ ९फिफा०ले वर्ष खेलाडी २०२१ अवार्ड ’द बेस्ट फिफा’को मनोनयन सार्वजनिक गरेको छ ।

फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ साविकसहित ११ खेलाडी परेका छन् ।

जसमा साविक विजेता रोबर्ट लेवान्डोस्की पनि छन् । तीन जनाबाहेक गत वर्षको अवार्ड विजेता बायर्न म्युनिखका रोबर्ट लेवनडोवस्की, म्यानचेस्टर सिटीका केभिन डी ब्रुयना र चेल्सीका एन‘गोलो कान्टे, जर्जिन्हो पनि शीर्ष ११ भित्र परेका छन् ।

मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, करिम बेन्जेमा, केभिन डे ब्रुयने, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह छन् ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला, चेल्सीका थोमस टुचेल, टोटनहमका एन्टोनियो कोन्टे, जर्मनीका हान्सी फ्लिक, इटालीका रोबर्टो मान्सिनी, अर्जेन्टिनाका लियोनल स्कालोनी र एट्लेटिको मड्रिडका डिएगो सिमोनी उत्कृष्ट प्रशिक्षकको सूचीमा परेका छन् । मान्सिनीले इटालीलाई २०२० को युरोपियन च्याम्पियनसिपको उपाधि जिताएका थिए ।

महिलातर्फ १३ खेलाडी मनोनयनमा परेका छन् भने महिला प्रशिक्षकतर्फ ५ जना र पुरुष प्रशिक्षकतर्फ ७ जना मनोनयनमा छन् ।

फिफा सदस्य राष्ट्रका कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गरिन्छ ।

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here