थप ३५१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

काठमाडौं, ७ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ३५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ गरी ३५१जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ६९९जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ८९० पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here