मनकामना केवलकार सञ्चालनमा आएको २३ वर्ष पूरा

काठमाडौं, ८ मंसिर । नेपालको पहिलो केबुलकार मनकामना केवलकार २४ औं वर्षमा प्रवेश गरेको छ ।

चितवन को-ई समूह अन्तर्गत मनकामना दर्शन प्रालिबाट सञ्चालित नेपालकै पहिलो र सफल मनकामना केवुलकारको मंसिर ८ बाट २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको हो ।

२०५५ बाट मंसिर ७ बाट नियमित संचालनमा आएको केवुलकारले संचालनदेखि हालसम्म करिव १ करोड ६० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय सेवा प्रदान गरिसकेको जनाएको छ ।

संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य बनेको छ । सो क्षेत्रमा उल्लेखनीय सबै क्षेत्रमा विकास भई विश्व सामू समेत मनकामनाको ख्याति प्रचार प्रसार भएको छ ।

विश्व प्रख्यात अस्टियाको डोप्पलमेयर कम्पनीको प्रविधिबाट संचालित यस केवुलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएका छ ।

संचालन २४ वर्षमा प्रवेश गरिएका साथै प्रविधि पुरानो हुँदै गएकाले चालु आवबाट प्रविधिको स्तरोन्नति समेत गरिने बताइएको छ । यसका लागि २ बर्ष लाग्ने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here