च्याम्पियन्स लिग: घरेलु मैदानमै रोकियो बार्सिलोना, नकआउट सम्भावना कायमै

काठमाडौं, ८ मंसिर । युइएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ ।

समूह ई अन्तर्गत भएको खेलमा बार्सिलोना घरेलु मैदानमै बेन्फिकासँग गोलरहित बराबरी रोकिएको हो ।

बराबरीमा रोकिए पनि बार्सिलोनाको नकआउट चरणमा पुग्ने सम्भावना जीवित छ ।

बार्सिलोनाले बल पोजिसन आफ्नो पकडमा राखेपनि गोल गर्न भने सकेन । बार्सिलोनाले गोल गर्ने केही राम्रो अवसर गुमाएको थियो ।

बराबरीमा रोकिए पनि बार्सिलोनाको नकआउट चरणमा पुग्ने सम्भावना जीवित छ । बार्सिलोनाले ५ खेलबाट ७ अंक जोड्दै बार्सिलोना समूह ‘ई’को दोस्रो स्थानमा छ ।

पराजित बेन्फिका ५ अंकसहित तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको बार्यन म्युनिखको १५ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here