काठमाडौं, ८ मंसिर । पार्टीको १०औँ महाधिवेशनको मुखमै नेकपा एमालेलाई झड्का लागेको छ ।
१०(१२ मंसिरमा पार्टीको १०औँ महाधिवेशन हुन लागेका बेला एमालेको अनुशासन आयोगका सदस्य तथा महाधिवेशनका प्रतिनिधि अमर गिरीले एमाले परित्याग गरेका हुन् ।
उनले बुधबार विज्ञप्तिमार्फत् एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेकाे जानकारी दिए ।