निफ्राको शेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

काठमाडौं, ९ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) को बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

बैंकको ८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ४८ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको हो । बुधबारको अन्तिम कारोबार मूल्य ३ सय ५८ रुपैयाँ रहेको थियो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा कम्पनीले बताएको छ ।

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्नेछ ।

बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here