सामलिङ पावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं, ९ मंसिर । सामलिङ पावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) को कारोबार सुरु भएको छ ।

बिहीबार प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

कम्पनीको पहिलो कारोबार २९६.३० रुपैयाँमा भएको छ । सामलिङलाई नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.७७ रुपैयाँ देखि २९६.३१ रुपियाँसम्मको सुरुवाती रेन्ज तोकेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

कम्पनीको SPC सिम्बलबाट कारोबार भएको छ । एसबीआई मर्चेण्ट बैकिङ नेपाल एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

ऊर्जा डेभलपर्स प्रालिको ग्रुप कम्पनी सामलिङ पावरले इलाम जिल्लामा ९.५१ मेगावाटको आयोजना बनाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here