नयाँ विद्युतीय स्कुटर सार्वजनिक, कस्ता छन् विशेषता ?

काठमाडौं । भारतीय बजारको लागि तीन वटा नयाँ विद्युतीय स्कुटर सार्वजनिक भएको छ ।

कम्पनीले डार्विन डी–५, डार्विन डी–७ र डार्विन डी–१४ गरी तीनवटा स्कुटर सार्वजनिक गरेको हो।

कंग्लोमेरेट डार्विन प्लेटफर्म ग्रुप अफ कम्पनी (डिपिजिसी) ले कम्पनीले डार्विन डी–५, डार्विन डी–७ र डार्विन डी–१४ गरी तीनवटा स्कुटर सार्वजनिक गरेको हो।

सार्वजनिक नयाँ स्कुटरको सुरुवाती मूल्य डार्विन डी–५ भारु ६८,०००, डार्विन डी–७ःभारु ७३,००० र डार्विन डी–१४ भारु ७७,००० हजार मूल्य तोकिएको छ ।

नयाँ विद्युतीय स्कुटर प्रायः युवा पुस्ता लक्षित छन्। यसको बाहिरी आवरण निकै सानदार छ। मस्कुलर डिजाइन भएको यो स्कुटरले राम्रो माइलेज दिने कम्पनीले दाबी गरेको छ।

त्यस्तै यसमा की–लेस इन्ट्री, रिजेनिरेटिभ ब्रेकिङ, स्पीड कन्ट्रोल गियर, ब्याट्री स्वापिङ (ब्याट्री फेर्न मिल्ने), ठूलो एलइडी डिस्प्ले, उच्च क्वालिटीको सस्पेन्सन, युएसबी मोबाइल चार्जर पोर्टलगायत विशेषताहरू छन्।

कम्पनीले यी नयाँ स्कुटरको प्रदर्शन निकै टिकाउ हुने बताएको छ। एक पटकको पुरा चार्जमा यी स्कुटरले ७० देखि १२० किलोमिटरसम्मको माइलेज दिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here