कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहीबार पत्रकार सम्मेलन गरी निधिले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले सभापतिको उम्मेवारी घोषणा गर्नअघि सबै नेतासँग छलफल गरेको बताए।

‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु।’ पत्रकार सम्मेलनका क्रममा उनले भने।

पाँच दशकभन्दा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय निधि कांग्रेसका संस्थापकमध्येका नेता महेन्द्रनारायण निधिका छोरा हुन्।

उनी ०२७ सालमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्य भएका थिए। उनी २०७५ सालमा नेपाली कांग्रेसको उपसभापति पदमा मनोनीत भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here