मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत (पूर्णपाठ)

काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

शुक्रवार बिहान नीतिको समीक्षा सार्वजनिक गरेको हो । जसमा शेयर धितोकर्जा सम्बन्धी व्यवस्था गरेको प्रावधानलाई यथावत राखेको छ । राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ करोडको नीतिमा हेरफेर गरेको छैन ।

त्यस्तै शेयर धितोकर्जाको सीमा ७० प्रतिशत नै यथावत राखेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड तथा सबै बैंकबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले समेत यो नीतिलाई परिवर्तन गर्नको लागि सुझाव दिएका थिए ।

सेयर बजारका ठूला लगानीकर्ताहरुले ४/१२ को नीति परिवर्तन गर्न माग गरेका थिए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोडमात्र ऋण पाउने र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here