‘चुनावको तयारीमा लाग्नुस, देश बनाउन एमालेले बहुमत ल्याउनैपर्छ’-ओली

काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।

चितवनको नारायणी किनारमा १० औँ महाधिवशेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकमा विकासको लहर चलाउनका निम्ति बहुमत जरुरी भएकाले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन आफ्नो पार्टीले एकल बहुमत ल्याउन आवश्यक रहेको बताएका छन् ।

‘देश विकासका लागि एमालेले अब एकल बहुमत ल्याउनुपर्छ,’ उनले भने, ‘बहुमत एमालेका लागि होइन, देश बनाउनका लागि हो । लोकतन्त्र, राष्ट्रिय स्वाधिनता र संविधानको रक्षाका लागि हो ।’

अध्यक्ष ओलीले संविधानलाई जनमतद्वारा सच्याएर देशलाई अघि बढाउन र विकासको लहर अघि बढाउन पनि एमाले सत्तामा फर्किनु पर्ने बताए ।

उनले परमादेशमार्फत सरकार फेरिने कुरामा नजाऔँ भनेर जनताका बीचमा जान आफू सरकारको नेतृत्वमा हुँदा चुनाव घोषणा गरेको बताए ।

‘ढिलो चाँडो हामीलाई चुनावमा जानैपर्छ । परमादेशमार्फत सरकार फेरिने कुरामा नआऔँ बरु जनताका बीचमा जाऔँ भनेका थियौं,’ उनले भने, ‘जनताका बीचमा जान कतिपय दल डराउँछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here