पार्टी सुदृढीकरणका लागि यस्ता छन् रामचन्द्र पौडेलका ‘दससूत्र’

काठमाडौं १२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस रूपान्तरणका लागि १० सूत्र सार्वजनिक गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले डा.शशांक कोइराला, अर्जुननरसिंह केसी र डा.रामशरण महतलाई साक्षी राखेर १० सूत्र सार्वजनिक गरेका हुन् ।

दलभित्रको लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै सार्वजनिक गरेको सूत्रमा लोकतान्त्रिक पद्धति जोखिममा पर्दा समेत लोकतन्त्रमा आधारित समाजवादलाई कार्यान्वयन गर्ने इच्छा पार्टी सभापतिमा नदेखिएको बताएका छन् ।

पार्टीमा क्रियाशील सदस्यता वितरणदेखि नै ‘सल, बल र छल’ भइरहेको र सत्ताको दुरूपयोग बढिरहेको उनले बताए ।

पौडेलले कांग्रेस पार्टी विचारशून्य छैन भनेर प्रमाणित गर्दै कम्युनिस्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्नुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here