यी हुन् अध्यक्ष ओलीको रोजाइमा परेका १९ पदाधिकारी

काठमाडौं, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् ।

चितवनमा जारी १० औं महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन्।

त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङलाई उपाध्यक्ष बनाएका छन् ।

अध्यक्षः केपी शर्मा ओलि
वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल

उपाध्यक्ष

युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
सुरेन्द्र पाण्डे
रामबहादुर थापा बादल
विष्णु पौडेल
सुवास नेम्वाङ

महासचिवः शकर पोखरेल

उपमहासचिव

प्रदीप ज्ञावली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल

सचिव

टोपबहादुर रायमाझी
रघुवीर महाशेठ
छविलाल विश्वकर्मा
लेखराज भट्ट
योगेश भट्टराई
गोकर्ण विष्ट
पद्मा अर्याल